सप्तरी ,असोज,२
श्रीलंका टापुको सप्तकोशी नदीमा ढुङगा दुर्घटा हुदा १३ जना हराइरहकेको प्रहरीले जनाएको छ । ढुङगाह सवार ५९ जना रहेको र ४६ जनाको नाम संकलन भइसकेको छ । भने बाकी १३ जनाको मध्ये पनि १० जनाको नाम संकलन भएको छ । डुंगा पल्टदा सुनसरीको प्रकाशपुर श्रीलंका टप्पुका रेखा झा, पुजन झा, मिना झा बेपत्ता भएको सुनसरी प्रहरीले जनाएको छ । यसैगरी डुङ्गा पल्टिँदा पार्वती चन्द्रवंशी, सकुन्तला चन्द्रवंशी, तुफानी मण्डल चन्द्रवंशी, सीता कबिरथ, बननादेवी साह, डोकु चन्द्रवंशीकी १२ वर्षकी छोरी र अर्का १२ वर्षका बालक बेपत्ता भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापाँगाईंले जानकारी दिनुभयो । अन्य तीन जनाको भने अझै नाम खुल्न सकेको छैन ।सुनसरी प्रकाशपुरका ५÷६ नम्बरका स्थननिया बासिन्दा बजार हिडेका थिए । खचाखच भरिएको ढुङगा क्षमता भन्दा बढि मानिस बोकेको कारण पनि दुर्घटना भएको हो । शनिबादेखि हराइरहेको हरुको खोजीका लागि आइतबार पनि बिहानैदेखि नेपाल प्रहरी,ससस्त्र प्रहरी, नेपाली सेना र स्थानिय बासिन्दा लागि परेको प्रहरीले जनाएको छ ।