खबर कर्नर, असोज, १
आज असोज १ अर्थात विश्वकर्मा पुजा । हिन्दुहरुको महान चाड दशै सुरु हुनुभन्दा पहिला सुरु हुन विश्वकर्मा पुजाको विशेष महत्व राख्दछ । आज हिन्दुहरुले आफनो दैनिक जिवनमा प्रयोग गरेका धातुका मेशिनहरुलाइ भगवानको रुपमा पुज्ने चलन रहेको छ । वर्षभरि आफुले प्रयोग गरेन औजारलाइ आज भगावन हौ तिमीले गर्दा मेरो जिवन सहज भएको छ । भनि धातुको औजारलाइ पुज्ने चलन रहेको छ । सवारी साधन, मेशिन, घरमा प्रयोग हुने साना साना औजार देखि लिएर करकारखानामा प्रयोग हुने ठुलठुला मेशिनलाइ समेत विश्वकर्माको दिनमा पुज्ने गरिन्छ । कतिले बलि दिएर पुज्ने गर्छन भने कतिले नरिवल फुटाएर मेशिनलाइ पुज्ने गर्छन् । यस्तो चलन हिन्दु परम्परमा सदियौदेखि चल्दै आएको छ ।