काठमाण्डौ, भदौ, २७
अब पासपोर्ट हराए प्रहरी कार्यलय र पत्रिकामा सुचना निकाल्न नपर्ने भएको छ । प्रहरी कार्यलयबाट रिर्पोट ल्याउने काम र पत्रिकामा सुचना निकाल्ने काम झनझटिलो भएको भन्दै यस्तो व्यवस्था हटाएको महानिर्देशक लोकबहादुर थापाले जानकारी दिनु भयो । नेपाल प्रहरीसँगको सहकार्यमा अब राहादानी हराएमा सिधै राहादानी विभागमा जान सकिने जानकारी दिनु भयो । सिधै विभागमा गएपछि विभागले सम्बन्धीत व्यतिको विवरण नेपाल प्रहरीलाइ इमेल गर्नेछ । अनि प्रहरीले ५ मिनेटभित्र त्यसको जफाव दिने छ । प्रहरीले ५ मिनेट भित्र इन्टरपोल मार्फत सबै जानकारी लिएर राहदानी विभागलाइ रिप्लाइ गर्नेछ । त्यसपछि हराएको राहदानीको नयाँ बनाउने काम सुरु हुनेछ । विगतमा हराएको लोकशनको जानकारी दिएर दैनिक पत्रिकामा सुचना निकालेर सुचना निस्केको अर्धकट्टि लिएर प्रहरी कार्यलयमा रिर्पोट बनाउनको लागि जानुपर्ने हुन्थ्यो । यस किसिमको कार्य निकै झन्झटिलो काम भएको हुनाले सहजताको लागि नया व्यवस्था लागु गरेको निर्देशक थापाले जानकारी गराउनु भयो । अब एक जनाको पासपोर्ट बोकेर अर्को जनाले यात्रा गर्न नपाउने र यस अघि भएका नराम्रा घटनामा कमी आउने कुरा पनि जानकारी गराउनु भयो ।

Please share us on:

तपाईको प्रतिक्रिया