भदौ २७, रसुवा
आइतबार बेलुकीबाट परेको अबिरल वर्षासँगै पहिरो गएको कारण नेपाल चिन जाड्ने एकमात्र नाका बन्द भएको छ । रसुवाको स्याफ्रु टिमुरे खण्डको वृद्राधिम गाविस वडा नं १ को फयाङलुङ्ग खोलामा गएको प्रहरीको कारण मानिसलाइ समेत आउत जावतमा बाधा पुगेको छ । भुकम्पपछि तातोपानी नाका बन्द हुदा केरुङ्ग नाका संचालनमा आएको थियो । नेपाल चिन जोड्ने एक मात्र नाका पहिरोको कारण अवरुद्ध हुदा चाडबाडलाइ समेत असर पर्नेछ । जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाइकाअनुसार अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन् । पहिरो खुलाउनको लागि अझै केहि दिन लाग्ने प्रहरीले जनाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया