काठमाण्डौ, भदौ, २५

सामाजिक संञ्जालमा दुव्र्यवहार भएको भन्दै अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष नविना लामा कानुनीबाटोको खोजीमा लाग्ने बाताइएकी छिन् । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा आयोजकले ओढाएीदएको खादाको बारेमा सामाजिक सञ्जालमा नकारात्मक टिपणीको ओइरो लागेपछि प्रतिवादको लागि प्रहरीमा उजुरी हाल्ने तयारीमा जुटेकी छिन् । महिलामाथि हुने यस्तो खाले सामाजिक अपराधको विरुद्धमा सडक अन्दोलनमा जाने पनि बताइन् । उनलाई उनकै तामाङ जातिका मानिसहरुले नै सामाजिक सञ्जालमा तिखो आलोचना गरेका छन्

उनलाइ तामाङ धर्म सस्कृति छोडेको भन्दै गृह जिल्ला प्रवेशमा समेत रोक लगाउने भन्दै टिका टिप्पणी गरेका थिए । राजनैतिक स्वार्थको लागि धर्म सस्कृती छोडेको प्रति सामाजिक सञ्जालमा तिव्र आलोचना सहितको गालिगलौज भाइरल बनेपछि प्रतिरक्षामा लामाले आफुले सबै धर्मलाइ समान व्यावहार गर्ने र सबै बराबर रहेको बताइन् । सामाजिक सञ्जालमा आएको नकारात्मक टिप्पणीको लागि कानुनी बाटोमा जान लागेका बताइन् । साथै सामाजिक सञ्जालमा वास्तविकता नबुझिकन यस्ता टिप्पणहिरु नगर्न समेत आग्रह गरिन् । यदि टिप्पणी नै गर्न परे सभ्य भाषाको प्रयोग गर्न सुझाइन् ।

Please share us on:

तपाईको प्रतिक्रिया