काठमाण्डौ, भदौ २३
प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदमा आज सम्बोधन गरेका छन् । प्रधानमन्त्री भएको एक महिना पुरा भएको र भारत भ्रमण अगाडि देशबाशीको लागि गरेको सम्बोधनमा धेरै कुरा समेटिएको छ । हुन त कागजमा लेखेर नेपालको विकाश हुने थियो भने अघिल्लो सरकारहरुले गरेको सम्धोधनले देशको गति अन्तै गइसकेको हुने थियो । अब बाकी छ उनले सम्बोधनमा उठाएको विषय वस्तुहरुले कार्यन्वयनको दिशा लिन्छ कि लिदैन् । हेरौ अब केहि बुदाहरुले जुन प्रधानमन्त्रीले व्यवस्थापिका संसदमा सम्बोधनका क्रममा उठाएका केहि बुदाहरु ।
१ संविधान कार्यान्वयनमा जोड।
२ सातै प्रदेशमा पेट्रोलियम भण्डारणको ब्यबस्था मिलाउने।
३ एक मेडिकल कलेज र एक बिश्वबिद्धालय प्रतेक प्रदेशमा स्थापना गर्ने।
४ सात वटै प्रदेशमा एक एक बिश्वबिद्धालय स्थापना गर्ने।
५ तिन लाख १९ हजार भुकम्पपीडितलाई राहात वितरण।
६ छ महिना भित्र प्रमुख शहरमा १०० वटा नयाँ ठुला बस नगरपालिका मार्फत संचालल गर्ने।
७ भुकम्पपीडितलाई तीन लाख रुपैयाँ प्रदान गरिने।
८ बिदेशी जेलमा रहेका नेपालीहरुको लागि तत्काल कानुनी पहल गर्ने।
९ विद्यार्थीको लागि छात्रवृत्तिको ब्यबस्था गर्ने।
१० स्वास्थ क्षेत्रमा सुधार गर्ने।
११ तत्काल ५ वटा देश संग श्रम सम्झौता गरिने।
१२ हरेक गाउँ र नगरपालिकामा स्वयमसेवा बाट केही गरौ।
१३ राष्ट्रिय स्वयंसेवा अभियान संचालन गरिने।
१४ एउटै लक्ष्य देशको समृद्धि।
१५ पर्यटन,उर्जा र कृषिलाई प्राथमिकता।
१६ बिकासका लागि स्वयंसेवा अभियान सुरु गर्ने।
१७ करको दायरामा नआएको बस्तु तथा सेवालाइ करको दायरामा ल्याउने।
१८ गुरिल्ला ट्रेकिङको बजेटमा वृद्धि गरिने।
सातै प्रदेशमा एक एक उधोग स्थापना।
१९ सहिद तथा ब्यपत्ता परिवारलाई बाकी रहेको ५ लाख प्रदान गरिने।
२० पुर्व जनमुक्ति सेनालाइ दुई लाख प्रदान गरिने।
२१ घाइते तथा ब्यपत्ताहरुको लागि विशेष ब्यबस्था गरिने।
२२ अनुसन्धानलाई स्तरीय बनाउने।
२३ काठमाडौलाई ब्यबस्थित गर्ने।
२४ काठमाडौमा ट्राफिक प्रहरी थप्ने।
२५ मेलम्चीलाई तीव्रता दिने।
२६ निर्माणाधीन मध्यपहाडी लोकमार्गलाई थप बजेट ब्यबस्था गर्ने।
२७ पौने ३ करोड नेपाली जनताले पहल गरौ यो देश जुरुक्कै उठछ।
२८हिजो रगत बगाउनु पर्थ्यो आज पसिना बगाए पुग्छ।