काठमाण्डौ, भदौ, २१
भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यालाइ मन्त्रीपरिषदको निर्णयले पारित गरे लगतै एमालेमा खैलाबैला मच्चिएको हो । आफु नेतृत्व सरकारको पालामा फिर्ता बोलाएको राजदुत फेरि अर्को सरकारले पठाउन लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको हो । ससंदको विशेष समितीले संसदीय सुनुवाइ प्रक्रिय अगाडि बढाएपछि एमालले असहमती दर्ज गराएको हो । एमालेको असहमतीलाइ साथ दिएको छ राप्रपा नेपालले । अघिल्लो सकारले फिर्ता बोलाएको राजदुतलाइ पुन राजदुत बनाउदा गलत नजिर बस्ने भन्दै एमालेले यस्को विरुद्धमा आवज उठाएको हो। सरकारले उनका बचाउ गर्दै सरकालाइ विश्वास लागेको मानिसलाइ राजदुत बनाउने हो भन्दै दिपकुमार उपाध्यायको पक्षमा वकालत गरेको छ । चिनको लागि प्रस्तावित नेपाली राजदुत लिलामणि पौडे्लको विषयमा विवाद नदेखिए पनि भारतका लागि प्रस्तावित नेपाली राजदुत दिप कुमार उपाधयायलाइ पुन बनाउन लागिएकोले विवाद देखिएको हो । एमालेलाइ दिप कुमार उपाधयाय प्रतिष्ठाको लडाइ बनेको छ । प्रस्तावित राजदुतहरुको सुनुवाइ र उजुरीको लागि १० दिनको समय तोकिएको छ । समितिले उजुरी संकलनको लागि भदौ ३१ साझ ५ बजेसम्मका समय तोकेको छ ।