काठमाण्डौ, भदौ, २१
सबै क्षेत्रमा राजनिति भएको हाम्रो देशमा स्वास्थ्य जस्तो सवेदनशिल कुरालाइ नि चुजावी नारा बनाइ आज उपत्यका चिकित्सक सघंको निर्वाचन हुने भएको छ । ३ वर्षे कार्यकाल रहने उक्त सघंमा जिल्ला र उपत्यका गरि २ चरणमा निर्वाचन हुन लागेको हो । उपत्यका बाहिरको चुनाव यस अघि नै भए पनि काठमाण्डौ उपत्यकामा चुनाव भएको थिएन् । उपत्यका बाहिर चुनाव हुदा छुटेको पतदाततले यस चुनावमा सहभागी हुन पाउने कुरा निर्वाचन अधिकृतले जानकारी दिएका छन् । मतदान चिकित्सक सघंकै कार्यलयमा हुनेछ । १३ पपदाधिकारी लागि हुने चुनाव २ प्यानलका २६ जना र एक स्वतन्तत्र गरि २७ जना उम्मेद्वारको लडाइ हुने छ । चुनाव अहिले विहान ११ वजे सुरु भएर ४ बजे सकिनेछ । हाल २ प्यानलमा काग्रेस निकट मानिएका प्रजातान्त्रिक समुहमा अध्यक्षको प्रत्यासी मुक्तिराम श्रेष्ठ र समावेशि तथा पेशागत चिकित्सकको तर्फबाट रमेश ढकाल अध्यक्षको प्रयासी रहेका छन् ।