खबर कर्नर, भदौ, २०

हिजोको मन्त्री परिषदको निर्णयले हाम्रा दूइ विशाल छिमेकिहरुलाइ राजदुतको सिपारिस गरेको छ । आसंन्न प्रधानमन्त्रीको भारत भ्रमण र नेपालमा हुने भनिएको छिमेकी राष्ट्रप्रमुखहरुको भ्रमणको लागि पनि खालि रहेको राजदुतहरु नियुत्ति गर्नु आवश्यक थियो । चिनका लागि नेपालका राजदुत डा महेश मास्केको कार्यकाल सकिएको र उनको ठाउमा पुर्व सचिव लिलामणि पौडेललाइ सिपारिस गरिएको छ । त्यस्तै भारतका लागि नेपालका राजदुत दिप कुमार उपाध्यालाइ अघिल्लो सरकारले सरकार ढलाउनको लागि भुमिका खेलेको भन्दै फिर्ता बोलाएको थियो ।

रित्त रहेको ठाउमा त राजदुत पठाउनु सहि हो तर अघिल्लो सरकारले फिर्ता बोलाएको राजदुत अर्को सरकारले त्यहि राजदुतलाइ पुन पठाउदा देशको सन्देश कस्तो जान्छ ? खालि सरकार टिकाउनको लागि गरिने राजनितिले देशलाइ कुन बाटोतिर लगिरहेको छ । राजदुत जस्तो सवेंदनशिल जस्ले देशको प्रतिनिधित्व गर्छ त्यस्तो ठाउमा समेत राजनिति गर्ने हाम्रा देशका सरकाले गरेको निर्णय कति समय टिक्ने भन्ने प्रश्न जन्मिन थालेको छ । नेपालको कुटनितीमा समेत प्रश्न चिन्ह खडा भएको ।

Please share us on:

तपाईको प्रतिक्रिया