विश्वदर्शन पराजुली,
स्याङ्जा,
नेकपा एमालेका पूर्व अध्यक्ष स्व. मनमोहन अधिकारिको स्मृतिमा गठन गरिएको मनमोहन स्मृति प्रतिस्ठानले मनमोहन जेष्ठ नागरिक देश दर्शन कार्यक्रम अभियानका रुपमा चलाईरहेको छ । यसै अभियानको क्रममा मनमोहन प्रतिष्ठानले प्रदेश नं ३ का जेष्ठ नागरिकहरुलाई देश दर्शन गराइरहेको छ ।
२०७३ फाल्गुण ११ गते देखि १८ गते सम्मका लागि तोकिएको उक्त देश दर्शनको समूहलाई आज स्याङ्जामा भब्य स्वागत गरिएको छ । नेकपा एमाले स्याङ्जाको आयोजनामा स्वागत एवं सम्मान कार्यक्रम गरिएको हो । नेकपा एमाले स्याङ्जाका उपाध्यक्ष एवं मनमोहन प्रतिष्ठान स्याङ्जा शाखाका अध्यक्ष उदय श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देश दर्शन टोलिलाई खादा ओडाएर सम्मान गर्दै खाना खुवाएर विदाई गरिएको छ ।
६५ बर्ष देखि ९० बर्ष उमेर समूहका ११० जनाको उक्त टोलिलाई स्वागत सम्मान गर्दै कार्यक्रमको प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रीय सदस्य पद्मा अर्यालले एमाले मात्र नेपालको जनमुखी पार्टी रहेकाले वृद्द भत्ता प्रदान गर्न सुरु गर्ने देखि समयानुसार बढाउने, सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने, जेष्ठ नागरिकको सम्मान गर्ने गरेकाले नै आम बुवा आमा एवं जेष्ठ नागरिकहरुको माझमा एमाले लोकप्रिय बनेको कुरालाई थप प्रकाश पार्दै सम्पूर्ण जेष्ठ नागरिक हरुको माया र आशिर्वाद संगै आगामी चुनावमा नेकपा एमाले पहिलो पार्टी हुनेमा विश्वस्त रहेको बताईन् । कार्यक्रममा स्याङ्जाको भौतिक सामाजिक एवं राजनैतिक अवस्थाका बारेमा बताउदै उनले देश दर्शन पछी सम्पूर्ण आमा बुवाहरुलाई थप उर्जा मिल्ने र थप आयु बढ्ने शुभेच्छा दिइन् ।
कार्यक्रममा नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य सिता सुन्दास, नेकपा एमाले प्रदेश नं ४ सदस्य नारायण प्रसाद मरासिनी, सिमा क्षेत्री, नेकपा एमाले जिल्ला सल्लाहकार परीषद सदस्य लोकराज शर्मा, नेकपा एमाले क्षेत्र नं १ अध्यक्ष विश्व पौडेल लागायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन गर्दै नेकपा एमाले स्याङ्जाका सचिव सुधिर पौडेलले अति सम्मानजनक कार्यक्रम गरेकोमा मनमोहन प्रतिष्ठानलाई धन्यवाद दिदै स्याङ्जाको भौतिक सामाजिक एवं राजनैतिक अवस्थाका बारेमा थप प्रकाश पारेका थिए ।
कार्यक्रम पश्चात उक्त देश दर्शनको टोली नेकपा एमालेको झण्डा सहित नगर परिक्रमा पनि गरेको थियो । ९० वर्ष उमेरका वृद्दबृद्दा अत्यन्तै जोश र जागरका साथ नेकपा एमालेको झण्डा र कार्यक्रमको ब्यानर सहित नेकपा एमाले जिन्दावाद, जेष्ठ नागरिकहरुको सम्मान गर, सामाजिक सुरक्षाको ग्यारेन्टी गर जस्ता नाराहरु लगाउदै नगर परिक्रमा गरेको दृश्य अत्यन्तै रोचक बनेको थियो ।
देश दर्शन कार्यक्रमको उक्त टोली १८ गते सम्म देशका विभिन्न ठाउँमा दर्शन गर्ने कार्यक्रम रहेको देश दर्शन कार्यक्रम संयोजक शान्ति अधिकारिले बताईन ! देश दर्शन कार्यक्रमका लागि शान्ति अधिकारिको संयोजकत्वमा रत्न थापा, दिपक निरौला सहित स्टाफ नर्स सहितको टोलि रहेको छ ।
देश दर्शन कार्यक्रमको उक्त टोली १८ गते सम्म देशका विभिन्न ठाउँमा दर्शन गर्ने कार्यक्रम रहेको देश दर्शन कार्यक्रम संयोजक शान्ति अधिकारिले बताईन ! देश दर्शन कार्यक्रमका लागि शान्ति अधिकारिको संयोजकत्वमा रत्न थापा, दिपक निरौला सहित स्टाफ नर्स सहितको टोलि रहेको छ





