खबर कर्नर, भदौ १६
प्राय शान्त देखिने नेपालगञ्ज आज केहि अशान्त देखिएको छ । राष्ट्रवादी नामक एक हुल युवाहरुको समुहले झण्डा राख्ने बाहाना बनाइ राजा विरेन्द्रको शालिक राख्न खोजेपछि प्रहरी र ति युवाहरु विच झडप भएको हो । धम्बोजिचोकमा रहेको राजा विरेन्द्रको शालिक दास्रो जनआन्दोलनमा भत्काइएको थियो । त्यसपछि धम्बोजिचोकमा खाली नेपालको झण्डा मात्र राखिएको थियो । त्यो झण्डा पुरानो भएपछि बेलाबेलामा फेर्ने गरिएकोे थियो । प्रहरीको अनुसार चोकमा रहेको झण्डा पुरानो भएको र यसलाइ फेर्ने भन्दै अनुमति प्रहरीसँग राष्टबादी युवाहरुले मागेको थिए ।

तर कार्यक्रम सुरु हुदै जादा भिडबाट बोरामा लुकाएर ल्याएको विरेन्द्र राजाको अर्धकदको सालिक राख्न लागेपछि प्रहरी र युवाविच केहि समय शान्तमय नेपालगञ्ज अशान्त बनेको थियो । अहिले स्थीति समान्य भए पनि बाक्लो संख्यामा प्रहरी उतारिएको छ भने युवाहरुले सालिक राखिसकेका छन् । सालिक हटाउन पनि नदिने सुरक्षा पनि आफै दिने भन्दै युवाहरु नाराबाजी गरिहरहेको प्रहरीले जानकारी दिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया