काठमाण्डौ , भदौ १५
भोली बाबुको मुख हेर्ने दिन । कुसँे औँसी गोकर्णे औसी यसलाइ विभिन्न तरिकाले हिन्दुहरुले मान्ने गर्छन् । नेपाल धार्मिक विविधताले भरिएको देश हो । मानिसहरु आफनो बाबुलाइ भेट्न टाढा टाढाबाट आउने गर्छन् । बाबु नहुनेहरु पनि यस दिनलाइ विशेष तरिको बाबु प्रति श्रदा राख्ने गर्छन् । यस दिनमा बाबुलाइ मन खुशि पार्ने र बाबुको रुचिअनुसरको परिकार बनाएर खुवाउने चलन पनि रहेको छ ।बाबु नहुनेहरु पशुपतिनाथको रहेको गोकर्णको मन्दिरमा गइ दान दक्षिणा गरि बाबुलाइ सम्झिने गर्छन् । हिेन्दुहरुले बाब,ु आमा र गुरुलाइ विशेष किसिमले सम्मान गर्ने गर्छन् । यसै दिन कुशे औँसी पनि पर्ने हुनाले कुशलाइ विष्णुको रुपमा घरमा राख्ने गरिन्छ । यो दिन राखेको कुशलाइ घरको अभिभावकको रुपमा राखिन्छ । पुजा श्राद तथा अन्य क्रियाकलाप गर्दा यहि कुशलाइ भगवानको रुपमा प्रयोग गर्ने गरिन्छ । यो कुसलाइ वर्षैभरि प्रयोग गरिन्छ ।