काठमाण्डौ, भदौ १३
चाडबाडको सिजन सूरु भइसक्दा पनि कंलकी नागढुङगा सडको गति उहि छ । सडक निर्माणको कार्य सुरु भएको समयदेखि अहिलेसम्म धेरैवटा सरकार परिर्वन भइसकेको छ तैपनि सडकको हालत उस्तै छ ।
दैनिक हजारौको संख्यामा सवारीसाधनहरु आवत जावत गर्ने नेपालको सबभन्दा ठुलो नाकामा सवारी साधनहरु सहजरुपले चल्नु पर्ने हो तर लामो जाम निर्माण सामाग्री र भत्काएको बाटोको कारण सवारीसधानहरु निर्वाध रुपमा चल्न कठिनाइ भइरहेको छ ।निश्चित समय लिएर काठमाण्डौ आउ जाउ गर्नै मुश्किल भइसकेको छ । नौविसेदखि साघुरो बाटो र नागढुङगादेखि कंलकीसम्मको बाटो बनाउनका लागि भत्काइएको कारणले दैनिक सरदर २ घण्टाको जाम पर्ने गरेको छ । लगभग २५ मिनेटको बाटोमा यति लामो जाम पर्नु पक्कै पनि राम्रो कुरो होइन् । निर्माण कम्पनीले पनि सूस्त गतिमा काम गरिदिनाले अझ समस्य बढेको छ भने सडक विस्तारमा स्थानियको अबरोधका कारण झन यात्रा कष्टकर बन्दै गइरहेको छ । साविक रुपमा सवारी सधान चल्दा त यस्तो थेक्नै नसकिने जाम हुन्छ भने अझ चाडबाडमा त झन सवारी साधानको चाप बढ्छ । काठमाण्डौ बाहिरिने र भित्रिने संख्या अत्याधिक हुन्छ ।
यात्रुहरुको मर्कालाइ बुझेर सरकार र सरोकार निकायले बेलैमा बृद्धि पु¥याउने कि ?