काठमाण्डौ,भदौ, १३

बोक्सीको आरोपमा नौबस्ताकी एक महिलाको हत्या गरिएको छ । नौबस्ता–९ तिलकपुरका २१ वर्षीय दिनेश थारूले श्रीमतीलाई बोक्सी लगाएको भन्दै छिमेकी डन्डी थारूलाई चिर्पटले हानेर हत्या गरेका हुन् ।
विवाह गरेको दुई महिनापछि नै कल्पना थारू बिरामी पर्न थालिन् । उपचार गराइन्, तर चार वर्षसम्म पनि निको भएन । उल्टै आँखा कमजोर भई दृष्टि गुम्दै गएपछि कल्पना र उनका पति हैरान भएर गुरुवा ९धामीझाँक्री० कहाँ धाउन थाले । कसैले भनिदियो, ‘यो सबै बोक्सी लागेर भएको हो ।’ बोक्सीको शंकामा दिनेशले गत बुधबार डन्डीको हत्या गरेका हुन् ।
साँझ साढे ८ बजेतिर डन्डी छिमेकी सितरानी थारूको आँगनमा बसेर मकै छोडाइरहेकी थिइन् । एक्कासि पछाडिबाट आएर दिनेशले रोटी पकाउने तावाले हाने । तावाको बिँड फुस्किएपछि उनले ढलेकी डन्डीलाई चिपर्टले हानेर रक्ताम्ये पारे । ‘अँध्यारो थियो, हामी गफ गर्दै मकै छोडाइरहेका थियौं, उसले पछाडिबाट आएर हान्यो र पछि भाग्यो,’ प्रत्येक्षदर्शी सितरानीले भनिन् ।
हल्ला मच्चिएपछि डन्डीका छोरा खुसीराम दौडिँदै आए । उनले हत्तपत्त सर्ट खोलेर आमाको फुटेको टाउको बाँधे । अनि, एम्बुलेन्स बोलाए । ‘दिनभर खेत जोतेर आएर नुहाउँदै थिएँ,’ २६ वर्षीय खुसीरामले भने, ‘दौडिँदै जाँदा त आफ्नै आमा, सास मात्र थियो ।’ अस्पताल पुर्याउँदा स्थिति नाजुक थियो । चिकित्सकले तत्कालै लखनउ रिफर गरे । सीमा नाघेर रुपैडिया नपुग्दै उनको मृत्यु भयो ।
हत्यापछि भागेका दिनेशलाई प्रहरीले कैलालीको अत्तरियाबाट पक्राउ गरेको छ । उनी भारत जाँदै थिए । ‘रातारात कैलाली पुगिसकेको रहेछ,’ इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुरेशप्रसाद काफ्लेले भने, ‘मोबाइल लोकेसनका आधारमा त्यहाँ पुगेको पत्ता लाग्यो ।’
अभियुक्त दिनेशले अपराध स्वीकारेका छन् । बोक्सी लागेर आफ्नी पत्नी बिरामी बनाएकाले सिंगो गाउँलाई बचाउन आफूले हत्या गरेको तर्क उनले प्रहरीसँगको बयानमा दिएका छन् । ‘छिमेककै आँगनमा बसेको मौका पाएँ, त्यसैले मार्ने गरी नै हानेको हुँ,’ उनले बयानमा भनेका छन्, ‘बोक्सीलाई मार्दा कुनै पछुतो छैन ।’
डन्डीका पति ढिकाराम थारूको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । उक्त घटनापछि गाउँमा डन्डीलाई ‘लोग्ने खाई’ भनेर बोक्सीको आरोप लागेको हो । उनी ज्याला मजदुरी गर्थे । ‘खेती किसानीबाहेक बुवा ज्याला मजदुरी गर्नुहुन्थ्यो,’ आमाको किरियामा बसेका छोरा खुसीरामले भने, ‘कोहलपुर बसपार्कछेउ मजदुरी गर्ने क्रममा करेन्ट लागेर बित्नुभएको हो ।’ आमा एकल महिला भएकाले त्यस्तो आरोप लागेको उनले बताए । तर, घटना हुनुअघिसम्म आफूले आमाप्रतिको नकारात्मक भ्रम केही नसुनेको उनले बताए ।
घटनाअघि दिनेशको बुवा मोतीलालसँग केहीबेर भनाभन भएको थियो । बुवा खाना खान थाले । तनावमा रहेका दिनेशले छिमेकी आँगनमा डन्डीलाई देखेपछि तावा लिएर आक्रमण गर्न निस्के । ‘मैले केही नगर भन्दै थिएँ । बोक्सीलाई नमारी छाडदिनँ भन्दै गएर हान्यो,’ मोतीलालले भने, ‘ऊ मेरो एक्लो छोरा हो । उसैले यस्तो अपराध गर्र्यो । म धेरै दुस्खी छु ।’ दिनेशविरुद्ध प्रहरीले विस्तृत अनुसन्धानपछि ज्यान मुद्दा चलाउँदै
आजको कान्तीपुर दैनिकमा खबर छ ।

Please share us on:

तपाईको प्रतिक्रिया