श्रीलंकाली क्रीकेट खेलाडी तिलकरत्ने दिल्सानद्वारा अन्तरास्टृय एक दिवस तथा टि-२० क्रीकेटबाट सन्यास लिने घोषना गरेका छन् । आइतबार अस्ट्रेलियासँग अन्तिम खेल खेलेका दिल्सानले ३३० वटा अन्तरास्टृय एक दिवस र ७८ वटा टि-२० खेल खेलेका छन् ।
उनले एक दिवसिय क्रीकेटमा १०२९० रन, १०६ विकेट र २२ सतक बनाएका छन् भने टि-२० मा ७८ खेलबाट १८८४ रन बनाएका छन् ।
१९९९ डिसेम्बर ११ मा आफ्नो पहिलो एक दिवसिय खेल खेलेका दिल्सान श्रीलंकाका भरपर्दो ब्याट्सम्यान थिए । पछील्लो समय टि-२० क्रीकेटमा बढी चर्चित उनले २००९ मा डिलोस्कोप (Dilscoop) को प्रत्युद्पादन गरेका थिए ।