काठमाण्डौ ,

अखिल नेपाल फुटबल संघ एन्फाको चरम लापरबाहीका कारण नेपाली फुटबलको शीर्षस्थ क्लब थ्रीस्टार एएफसी कपको दोस्रो राउण्ड खेल्न बञ्चित हुने भएको छ।
थ्रीस्टार गत अगस्टमा छनोट प्लेअफ जितेर एएफसी कपको दोस्रो चरणमा छानिएको थियो ।

टिम ४ अंक सहित समूह बी को विजेता बनेको थियो । थ्रीस्टारको अंक आयोजक मंगोलियाली इर्चिम एफसीको भन्दा १ ले बढी हो । तर एएफसीले बुधबार सार्वजनिक गरेको दोस्रो चरणमा सहभागी मुलुकको सूचीमा नेपालको थ्रीस्टार परेन । एएफसीले डिसेम्बर १३ मा खेलतालिका तय गर्ने भएको छ ।
एएफसीको वेबसाईटमा प्रकाशित सूची अनुसार नेपालको ठाउँमा मंगोलियाको इर्चिम एफसी परेको छ । प्रतियोगिताको दोस्रो चरण जनवरी २४ देखि फेब्रुअरी ७ सम्म हुनेछ ।

अन्तिम चरणचाहि फेब्रुअरी २० देखि नोभेम्बर ४ सम्म हुनेछ । जसको खेलस्थलबारे अझै निर्णय भइसकेको छैन । एएफसीले प्रतियोगिताको लागि टिम दर्ता गर्न एनफालाई बारम्बार स्मरण गराएको थियो । (आजको कान्तिपुर दैनिकमा खबर छ )

Please share us on:

तपाईको प्रतिक्रिया