अगस्ट १९-२५ सम्म आयोजना भई रहेको एफसी कप २०१७ छनोट चरणको खेलामा नेपालको थ्री स्टार क्लब अर्को चरणमा प्रबेश गर्न तयार भएर बसेको छ । समुह चरणको आज अन्तिम दिन नागावोर्ल्ड र इर्चिम बिचको खेलले यसको टुङो लगाउने छ । दुइ खेलमा एक जित र एक बाराबारी सहित थ्री स्टार क्लब ४ अंक सहित पहिलो स्थानमा छ । आजको खेल बाराबारीमा सकिएमा वा इर्चिमले जितेमा वा नागावोर्ल्डले २ गोल भन्दा कमको गोल अन्तरमा जितेमा थ्री स्टारको लागि अर्को चरणको लागि बाटो खुल्ने छ ।
समुह बि अंक तालिक
क्लब | खेल | जित | बाराबारी | हार | गोल अन्तर | अंक |
थ्री स्टार (नेपाल) | २ | १ | १ | ० | +२ | ४ |
नागावोर्ल्ड (कम्बोडिया) | १ | ० | १ | ० | ० | १ |
इर्चिम (मङोलिया) | १ | ० | ० | १ | -२ | ० |