काठमाण्डौँ,
नेपाल भु— प्रविधि समाज, जापान भु— प्रविधि समाज र एसियन टेक्निकल कमिटी फर् अर्बन इन्फोर्मेटिसद्धारा भु— विपद् न्यूनीकरण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुन लागेको हो ।
विश्वभरका १०० जना भन्दा वढि भु— प्राविधिक , इन्जीनियर तथा वैज्ञानिकहरुको सहभागिता हुनेछ । उक्त सम्मेलन राज्यव्यवस्था समितिका सभापति दिल बहादुर घर्तिले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपालको भौगलिक बनावट र त्यसबाट हुने असर कसरी न्यूनीकरण गर्न सकिन्छ । यसमा प्राविधिकहरुको भुमिका के हो भन्ने विषयमा पनि छलफल हुनेछ । विश्वभरको वैज्ञानिकहरुले विभिन्न ठाउको भु बनोट मानव जिवनलाई पारेको असरबारे पनि जानकारी गराइनेछ ।
होटल सोल्टीमा मंसिर १३ र १४ गते चल्ने सम्मेलन विहान ९ बजेबाट सुरु हुने बताइएको छ ।