काठमाण्डौँ,
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी समितिको बैठक आज ५ बजेपछि केपि ओलि निवास वालकोटमा बस्ने भएको छ । देसशको राजनैतिक परिघटना एमालेको विपक्षमा गएकाले पनि यो बैठकलाई महत्वपुर्णका साथ हेरिएको छ ।
पछिल्लो समय संविधान संशोधनको विरुद्धमा रहेको एमाले संविधान संशोधनको औचित्य पुष्टि गर्न सरकारलाई चुनौति दिइरहेको छ । कानुनी लडाइ लगायत सबै शत्तिको प्रयोग गर्ने यसभन्दा पहिले नै एमालेले जनाउ दिइसकेको छ । संविधान संशोधन अगामी रणनितिको लागि आजको बैठक डाकिएको एमालेका एक नेताले बताए ।
सत्ता पक्षिय दलहरु संविधान संशोधन प्रस्ताव दर्ता गराउन लागेकोले अब कसरी प्रतिवाद गर्ने भन्ने कुरा आजको बैठकले निकाश निकाल्ने ति नेताले खबर कर्नरलाई बताए । कुराकानीकै क्रममा देश जलिरहेको एमालेले हेरेर बस्न नस्कन्ने जानकारीसमेत गराए ।