काठमाण्डौँ
भारतले भारु पाँच सय र एक हजारको नोटमा प्रतिबन्धले भारत लगायत धेरै देशमा असर परेको छ । यसकोसबभन्दा बढि मार नेपाललाई परेको छ । नेपालका करिव ६५ प्रतिशत मानिसहरु कामको लागि भारतमा निर्भर रहेको छ । भारतमा गएर मजदुरी गरेर कमाएर ल्याएको पैसा साट्न नपाउने भएपछि आम नेपाली सर्वसाधरणहरु मारमा परेका छन् ।
भारतको केन्द्रिय रिजर्व बैँकले नेपाल राष्ट्रबैँकको आग्रहलाई वेवास्ता गरेको जस्तो देखिएकोे । राष्ट्र बैँक एक कर्मचारीका अनुसार जनता नआतिउन भनेर अनेक वाहाना गरिरहेको खबर कर्नरलाई बताउनु भयो । सरकार भन्दा जनतासँग भारु ३०० गुणा बढि रहेको भारतको सहमति विना त्यो रकम साट्न नसकिने पनि ति कर्मचारीले बताए ।
नेपाल सरकार र राष्ट्र बैँकले आग्रह गर्दा पनि भारत हुन्छ हुन्न केहि भनेको छैन् । उतबाट केहि निर्णय नआउदा पनि नेपालमा .झन अन्योल बढेको हो । नेपाल भने भारतले अब के गर्छ भनेर पर्खिन बाहेक अर्को विकल्प छैन् ।
ु