काठमाण्डौँ, मंसिर १
देशको पछिल्लो राजनैतिक घटनाक्रमबारे एमाले अध्यक्ष केपि शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) विच छलफल भएको छ । मधेशी मोर्चाको सविधान संसोधनको विषयलाई लिएर गएको सोमबार १५ दिनको समयसीमा तोकिदिएपछि यस्तो भेटघाट भएको हो ।
नयाँ वानेश्वरको व्यवस्थापिका संसद भवनमा करिव ४५ मिनेट छलफल चलेको हो । पछिल्लो समय सविधान संशोधनको विषय जटिल मोडतिर गएको र एमालेले के विषयमा सविधान संशोधन गर्ने प्रष्ट हुन सरकार तथा मधेशी मोर्चालालाई भन्दै आएको थियो ।
सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले भने उहा ( केपि शर्मा) यस विषयमा गम्भीर हुनुहुन्छ । उहाँसँगको भेट सकारात्मक बाटोमा अगाडी बढेको जानकारी दिनुभयो ।