कार्तिक २५,

नेकपा(एमाले) प्रदेश ५ संगठन कमिटीले प्रदेश नं ५ मा तराइ र पहाड एकै ठाँउमा राख्न हुँदैन र टुक्राउनु पर्छ भन्नेहरुले षड्यन्त्र गर्न थालेको र पहाड र तराइ अलग गर्न खोजी रहेको भन्दै त्यसको बिरुद्ध आउदो मङ्सिर ४ गते बुटवलमा अगुवा कार्यकर्ता भेला आयोजन गर्ने निर्णय गरेको छ ।

प्रदेश नं ५ संगठन कमिटीको कार्तिक २२ र २३ गते बसेको बैठकले यस्तो निर्णय गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
यदी प्रदेश नं ५ टुक्राउने खेल नरोकिए कमिटीले सडकमा उत्री सशक्त बिरोध गर्ने र उक्त बिरोधमा सबैलाई साथ दिन पनि आह्वान गरेको छ ।

त्यस्तै “संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान – २०७३” अन्तर्गत कमिटीले पुष, माघ र फागुनको लागी कार्यक्रमहरु पनि तय गरेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया