काठमाण्डौँ, कात्तिक २४
विश्व महाशक्ति राष्ट्र अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प विजयी भएका छन । कुनै पनि सार्वजनिक पदमा नबसेका ट्रम्प अर्वपति पनि हुन् । अब उनले ह्वाइट हाउसको बागडोर समाल्नेछन् ।आधिकारीक रुपमा ट्रम्पको विजय घोषण नगरे पनि विश्वका साथै अमेरिकाको मिडियाहरुले यस्को घोषणा गरिसकेका छन् ।
अब अमेरीकी जनताले ४५ औँ राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पलाई चुनेका छन् । उता नयाँ ईतिहास बनाउदै भन्दै राष्ट्रपतिको प्रतिस्पर्धामा उत्रेकी हिलारी क्लिटन भने विभिन्न अड्कलबाजीको विच पनि हारेकी छिन् । मतपरिणाम अनुसार डोनाल्ड ट्रम्पको २७९ र हिलारीले २१८ इलेक्टोर मत पाएका छ । जितको लागि २७० मत आवश्यक थियो ।
अमेरिकी चुनाव अप्रत्यासी नतिजा ल्याएका अर्बपति डोनाल्ड ट्रम्पलाई जिताउनको लागि विशेष गरेर गोर अनपढ मानिहरुँको भोट परेको छ । त्यो सगै ग्रामिण क्षेत्रमा बसोबास गर्ने आम अमेरिकी गरिवहरुले पनि डोनाल्ड भोट गरेको जनाइएको छ । यता केहि बुद्धि जिवि र पढेका मानिसहरुले भने हिलारीलाई भोट हालेको एक सर्वेक्षणले देखाएको छ ।
उनको जितसँगै विश्व शेर बजारमा गिरावत आइसकेको छ ।
उनले चुनावी अभियान प्रयोग गरेको भाषा शैली अपनाए भने विश्वमा नयाँ धुव्रीकरण हुनेछ । यसले विश्वलाई र्न उथलपुथल ल्याइदिने छ । अब हेर्न बाकी उनले राष्ट्रपतिको जिम्मेवारी समालेपछि कस्तो अवस्था सृजना हुन्छ । विश्वको नजर अब उनको शासनकाललाई पर्खिरहेका छन् ।