काठमाण्डौँ, कात्तिक २४

भारतले एक हजार र पाँच सय दरको नोटमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा रहेको भारतीय नोट संकलन गर्ने नेपाल राष्ट्र बैँकले जनाएको छ । बुधबार विहान राष्ट्र बैँकको व्यवस्थापन समितिको बैठकले नेपाली बजारमा रहेको भारतीय रुपैँयालाई विभिन्न बैँक,वित्तिय संस्था तथा सहकारीको माध्यमबाट नेपालमा रहेको भारतीय नोटको विवरण लिने निर्णय गरेको छ ।

खुल्ला सिमानाको कारण नेपालको प्रमुख शहरहरुमा भारतीय नोटको कारोबार हुने गरेको छ । अझ नेपालीहरु भारती बजारमा काम गर्न जाने उता बाट आउदा भारु बोकेर आउने हुनाले पनि नेपाली बजारमा भारतीया रुपैँयाको ठुलो बजार रहेको अनुमान गर्न सकिन्छ । कारोबारको हिसावले पनि नेपाली बजारमा भारतीय रुपैँया सहज ढङग सटही गर्न पाईन्छ ।

भारतीया एक हजार र पाँच सयको नोट कुल रकमको ४ प्रतिशत नक्कली रहेको अनुमान भारतीय अर्थ विदहरुले गरेका छन् । भारतीय रुपैँया भारत सहित नेपाल, बंगालादेश श्रीलंका र भुटानमा विर्वाध रुपमा साट्न पाइन्छ । यस्तो प्रतिबन्धले यसरी सटही हुने देशमा आर्थिक प्रभाव पर्छ । यसको असर नेपाली बजार देखिन थालिसकेको छ । राजधानीमा सञ्चालित केहि व्यवसायहरु बन्द हुने अवस्थामा पुगिसकेको छ ।

 
यस्तो अवस्थामा राष्ट्रबैँकले आम भारु उपभोक्तालाइ नआतिन भनेको छ । भारतीय बैँकले निर्णय कुृरेर बसेको र निर्णय आउने विक्तिकै के गर्ने गर्ने भनेर निर्णय गर्ने राष्ट्र बैँक स्रोतले बताएको छ । हाललाई नेपाली बजारमा यस्ता नोटहरु कति छन् भनेर विवरण लिने काम बाहेक अन्य विर्णय नगरेको स्रोतले बतायो ।

Please share us on:

तपाईको प्रतिक्रिया