काठमाडौं , कात्तिक २४
मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ ।मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिहीबार काठमाडौंमा बस्दैछ । सो बैठकमा संविधान संशोधनका लागि सउरकारले समयसीमा तोक्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि मोर्चाका नेताले संविधान संशोधन प्रक्रिया सुरु गर्न छठसम्म पर्खने बताउँदै आएका थिए । छठ मनाउन जिल्ला गएका मधेसवावादी दलका नेता काठमाडौं फर्कन थालेका छन् । बुधबारसँगसम्म सबै मधेसी दलका शीर्ष नेता काठमाडौं आउनेछन् ।             ( आजको नागरिक दैनिकमा खबर छ )

Please share us on:

तपाईको प्रतिक्रिया