काठमाडौं, कात्तिक २४

बाँकेका लोकेन्द्र डाँगीसहित १४ जना ‘आजाद भिसा’ का नाममा तीन महिनाअघि कतार पुगे । मासिक ३ हजार ४ सय कतारी रियाल (१ लाख २० हजार रुपैयाँ) आम्दानी हुने भनेपछि उनीहरुले दलाललाई ३ लाख रुपैयाँसम्म दिएका थिए । तर कतार पुगेपछि उनीहरुले त्यति तलव पाएनन् । अहिले उनीहरु फर्कन गुहार मागिरहेका छन् ।

पीडितहरुका अनुसार कतारमा कम्पनी र भिसा शमसेर सुनारले खोजेका थिए। नेपालमा पैसा असुलेर म्यानवपावर कम्पनीसम्म अर्जुन बुढा मगर र मोहन वलीले पुर्‍याएका थिए ।

वैदेशिक रोजगार विभागबाट संस्थागत रुपमा श्रम स्वीकृति भने ‘सुहम सर्भिसेस इम्प्लोइमेन्ट’ ले लिएको थियो । कतारी एस्पोन्सर कम्पनीले जिम्मेवारी नलिएपछि बिचल्लीमा परेका हुन् ।

दलालहरुले ‘आजद भिसा’ का नाममा सोझासीधालाई ठग्ने गरेका छन् । आजद भिसा व्यवस्था स्थानीय कानुनमै छैन । कतार पुगेपछि मात्र यसको अर्थ थाहा पाएको लोकेन्द्रले सुनाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Please share us on:

तपाईको प्रतिक्रिया