खबर कर्नर

हिमाल देखि तराई र देशको राजधानीसम्म सिमाना विस्तार भएको धादिङ जिल्लामा स्थानिय निकायको पुनसंरचना करिव करिव सहमतिमो पुगेको छ  ।२  नगरपालिका सहित १३ वटा गाऊ पालिका रहने गरि दलहरुले सहमति गरेका छन् । सर्वदपलिय भेलाले सुविधा र भुगोल तथा जनसंख्यालाई आधार मानेर १३ वटा स्थानिया निकाय बनाउने सहमति सहित निर्णय गरेका हुन् ।धादिङ जिल्लामा हाल १ नगर पालिका र ४६ वटा गाविसहरु रहेका थियो ।

प्रस्ताव गरिएको नगरपालिका सहित गाउपालिकामा रुवी भ्याली गाउँपालिकामा लापा, सेर्तुङ र तिप्लिङ गाँउ विकास समितिहरु समावेश गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै खनियाबास गाउँपालिकामा झार्लाङ, सत्यदेवी र दार्खा, गंगाजमुना गाउँपालिकामा बसेरी, बुढाथुम, फुलखर्क, री, गुम्दी, नेत्रावती गाउँपालिकामा मार्पाक, कटुन्जे, सेम्जोङ, त्रिपुरासुन्दरी गाउँपालिकामा सल्यानटार, आगिन्चोक, त्रिपुरेश्वर, सल्यानकोट, मुलपानी, ज्वालामुखी गाउँपालिकामा चैनपुर, खरी, ढोला, मैदी रहेका छन् ।

त्यस्तै निलकण्ठ नगरपालिकामा निलकण्ठ, धुवाकोट, ज्यामरुङ र खाल्टे, सिद्धलेक गाउँपालिकामा नलाङ, सलाङ र कुम्पुर, वेनिघाट रोराङ गाउँपालिकामा जोगिमारा, धुषा, बेनिघाट, महादेवस्थान, गजुरी गाँउपालिकामा गजुरी, पिडा र किरान्चोक, गल्छी गाउँपालिकामा बैरेनी, कल्लेरी, गोगनपानी, थाक्रे गाउँपालिकामा थाक्रे, तसर्पु, केवलपुर, भूमेस्थान र धुनिवेसी नगरपालिकामा छत्रेदेउराली, जीवनपुर, नौविसे गाविसहरु समेट्ने निर्णय गरेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया