कार्तिक २३,

एएफसी सोलिडारिटी कप अन्तर्गत समुहा चरणको अन्तिम खेलमा आज नेपालले ब्रुनई दरुसल्लमसँग भिडन्त गर्दैछ । मलेसियाको कुचिङ स्थित सरवक रङशालामा नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुने उक्त खेलमा नेपालले पहिलो खेल भन्दा निकै नै सुधारिएको खेल खेल्नु पर्नेछ । पहिलो खेलमा टिमोर लेस्टेलाई ४-० ले हराएर निकै आत्मबिश्वासी भएर ब्रुनई मैदानमा उत्रनेछ भने नेपालले आफ्नो भुलहरु सुधारनु पर्नेछ ।

नेपालले आजको खेल जितेमा सुमुह बिजेता भई सेमिफाइनलमा जानेछ । यदी बराबरी भए वा ४ गोल भन्दा कम गोल अन्तरले हारे पनि समुह उपबिजेता भई सेमिफाइनल प्रवेश गर्नेछ ।

यस खेलको प्रत्यक्ष प्रसारण हेर्नको लागी खबरकर्नरसँगै रहनुहोला ।

Please share us on:

तपाईको प्रतिक्रिया