खबर कर्नर, कात्तिक २२

तपाईलाई कम्पनी दर्ता गर्नु छ । तपाईसँग मनग्य पैसा छ यदि यसो हो भने कम्पनी दर्ता भएर तपाईको घरमा कागज पत्र आईपुगछ । साधरण मानिसले म सरकारको कानुनमा रहेर सानो भने पनि व्यवसाय गर्छु भनेर कानुनी प्रक्रियामा जाने हो भने सबै कुरा तयार हुन करिब ३ महिना लाग्न सक्छ । तर पैसा दिएर कुनै लफर्मलाई जिम्मा दिने हो एक देखि २ दिनमा नै सबै काम हुन्छ ।

यस्ता मानिसहरु खोज्न ल फर्महरु पनि चारिरहनु पनि पर्दैन घरेलु तथा मझौला उद्योग त्रिपुरेश्वर जाने हो यस्ता मानिसहरु लाईन लाएर बसेको पाईन्छ । उनीहरुको भित्रि बाहिरी सबै कुरा सेटिङ्ग मिलाएर राखेका हुन्छन् । कम्पनीको पुँजीअनुसार कति रकम लिने र कहिलेसम्म तयार गर्नु पर्ने सबै पैसाको मोलमोलाईबाट हुन्छ ।

एक जना नाम उल्लेख नगर्ने सर्तमा भन्छन् एक लाख पुँजी भएको कम्पनी दर्ता गर्नुपर्नेछ भने कम्तीमा पनि १५ हजार लाग्छ र कहिले सम्म चाहिने त्यो पनि मुल्य अनुसार नै तयार गरिन्छ ।

Please share us on:

तपाईको प्रतिक्रिया