कार्तिक १६,
आज तिहारको पाचौं दिन भाई टिका, आजको दिन दिदि-बहिनिहरुले आफ्नो दाजु-भाईहरुलाई टिका लगाई दिने गर्छन । आज भाई टिकाको उत्तम साईत ११:५२ मा रहेको छ ।

पौराणिक कालमा यमराज आफ्नो बहिनी यमुनाको घरमा यस दिन गएको र यमुनाले बिषेश प्रकारको टिका, माला र मिष्ठान्न भोजन गराएको किम्बदन्तिमा उल्लिखित छ । त्यसपछी यमराजले आफ्नो बहिनिलाई बिषेश उपहार दिएका थिए र यमुनाले पनि आफ्नै हातले बनाएको उपहार दिएका थिए । त्यसै दिन यमराजले जसले दिदिबहिनीको हातबाट टिका लगाउछ उनिहरुको सधै रक्षा हुनेछ भनेका थिए । त्यसै दिनको समझनामा यो चाँड मनाउन थालिएको भन्ने बिस्वास गरिन्छ ।

आज दिदिबहिनी नभएकाहरुले काठमाडौंको रानीपोखरिमा गई टिका लगाउने गर्छन ।

Please share us on:

तपाईको प्रतिक्रिया