कार्तिक १४,
आज तिहारको तेश्रो दिन धनधान्यका देवी लक्ष्मीको पुजा गरी धुमधामका साथ मनाइदै छ । आज सबैको घर तथा कार्यालयहरुमा लक्ष्मी पुजा गरिदै छ । घरमा लक्ष्मीको बास होस् भन्दै आज साँझ देखी भैली पनि खेल्ने गरिन्छ ।
साथै आज महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०८ औं जन्मजयन्ती पनि हो । बि स १९६६ कार्तिक २७ गते लक्ष्मीपुजाका दिन उनको जन्म भएको थियो । मुनामदन, शाकुन्तला, सुलोचना जस्ता कृतिहरुले नेपाली साहित्यलाई अर्कै उचाईमा पुर्याउन सफल देवकोटाको ५० बर्षको उमेरमा भएको थियो ।