खबर कर्नर, कात्तिक १२
आजबाट तिहारको विधिवत सुरुवात भएको छ । नेपाली हिन्दुहरुको दोस्रो ठुलो चाड दशैँपछि तिहारलाइ लिने गरिन्छ । तिहारलाइ दाजुभाई र दिदिबहिनीको महत्वलाइ विषेश तरिकाले मान्ने गरिन्छ । मानिसहरुको मृत्युको राजा यमराजले पनि मानिसलाई नमारी बहिनीको महिमालाइ बुझेर बहिनी यशोदाको घरमा गई बहिनीलाई दाईले र दाईले बहिनीलाई विषेश तरिकाले सम्मान गरेको भनाईहरु रहेको पाइन्छ । विषेश गरि तिहारलाइ यमपञ्चको रुपमा पनि मनाउने गरिन्छ । घर घरमा दिपावली गरेर तिहारलाई झिलिमिली पारेर मनाउने चलन रहेको छ ।
दिदिबहिनीले आफना दाजुभाइका लामो आयु तथा सफलताको कामना गर्दै सयपत्रीः तथा मखमलि फुलको माला लगाईदिएर सम्मान गर्छन सगैँ भाईमसला सहित तिहारलाई विषेश बनाउछन् भने दाजुभाईले पनि आफनो क्षमता अनुसारको दान दक्षिणा दिएर दिदि बहिनीको खुशिमा साथ दिने गर्छन् । यति मात्रै नभएर तिहारलाई काग तिहार , कुकुर तिहार, गाई तिहार र गोरु तिहार गरि पशु तथा चरालाई पनि विषेश सम्मान दर्शाउने चलन रहेको छ ।
कागलाइ सन्देश बाहकको रुपमा त्यस्तै कुकुरलाई मानिसहरुको रेखदेख गर्ने पहरेदारको रुपमा , गाई धन र लक्ष्मीको रुपमा गोरुलाइ मानिसहरुलाई वर्षभरि जोतेर मानिसलाई पालेको हुनाले पनि यि जनावरप्रति मानिसहरुको विषेश श्रदा रहेको पाइन्छ ।
नेपाल सस्कारमा धनी देश हो यहा अनेक थरिका चलन चल्ति रहि आएको छ । चाडबाड पनि विषेश किसिमले मनाउने गर्छन धार्मिक विभिधतालाई परापुर्व कालदेखि नै नेपालीहरुले स्विकार्दै आएको इतिहास रहेको छ ।