कार्तिक ७,
तेश्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिजेसको उपाधी सेन्चुरी बैंकले जितेको छ । त्रिभुवन बिश्वबिद्यालय अन्तराष्ट्रिय क्रीकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा नेपाल एसबिआई बैंकलाई हराउदै सेन्चुरी बैंकले पहिलो पल्ट उपाधी जितेको हो ।

पहिले ब्याटिङ गर्दै एसबिआई बैंकले निर्धारित ५ ओभरको खेलमा २ विकेट गुमाउदै ५५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको सेन्चुरी बैंकले ३ ।५ ओभरमा कुनै पनि विकेट नगुमाई ५८ रन बनाई जित हासिल गर्‍यो ।

एसबिआई बैंकको लागी मनिश श्रेष्ठले ३६(१०) र सुमित अधिकारिले १३(१८) रन बनाएका थिए भने सेन्चुरी बैंकका लागी दिवेश डङोलले ३४(१०) र सुबाश शर्माले १८(५) रन बनाएका थिए ।

Please share us on:

तपाईको प्रतिक्रिया