काठमाडौं,कात्तिक ५,
महामन्त्री शशांक कोइरालाले धर्मनिरपेक्षताको टुंगो जनमतसंग्रहबाट लगाउनुपर्ने अभिव्यक्ति दिएर संविधान कार्यान्वयनलाई नै चुनौती दिएको भन्दै कांग्रेस केन्द्रीय समिति बैठकमा नेता कृष्णप्रसाद सिटौलाले विरोध जनाए ।
‘सविधान कार्यान्वयनको जिम्मा लिन्छौँ भनेर हामी कांग्रेसीहरू भन्दै छौँ, तर हाम्रै महामन्त्रीले धर्मनिरपेक्षताका प्रावधानप्रति जनमतसंग्रहको माग गरेपछि मीन विश्वकर्माले टिप्पणी र प्रदीप गिरिले लेख नै लेख्नुपर्ने अवस्था आयो ।
महामन्त्रीले यस्तो बोलेर गलत गर्नुभएको छ भन्ने सन्देश गएको छ । संविधानको बारेमा हाम्रो धारणा के हो ? महामन्त्री कुन कित्तामा उभिनहुन्छ ? संविधान कार्यान्वयन गर्ने कि नगर्ने ?’ ( आजको नयाँ पत्रिका दैनिकमा खबर छ )