खबर कर्नर

कांग्रेसलाई सत्ताको नि माया लोकमानको पनि । कांग्रेको केन्द्रिय समितिको बैठकले सत्ता साझेदारहरुको विच खटपट रहेको अनुमान लगाउन सकिन्छ । सरकार संकटमा परेको छ । माओबादी केन्द्र र एमालेको संसदहरुले लोकमा विरुद्ध महाअभियोग दर्ज गराएपछि कांग्रेसलाई नैतिक संकट आईलागेको छ ।

आज दिनभरिको कांग्रेसको बैठकले पनि कुनै पनि निर्णय गर्न सकेको छैन् । सत्ता गठनबन्धन दलहरु विच विश्वासको वातावरण बने महाअभियोगमा सघाउने खालको निर्णयले कांग्रेसलाइ लोकमानलाई भन्दा सत्तालाई माया गरेको र लोकमानलाइ पनि छोड्न नसक्ने खालको दोहोरो अर्थ लाग्ने खालको कुरा बाहिर आएको हो ।

यस हिसाबले कांगेसलाइ दुबै माया लागेको छ । कसैलाइ पनि छोड्न मन लागेको छैन् र कुनै पनि निर्णय गर्न सकेको छैन् । जसै गरे पनि लोकमानलाइ बचाउन नसक्ने भएपछि कांग्रेसलाई सत्ताको माया लागेको हो ।

Please share us on:

तपाईको प्रतिक्रिया