खबर कर्नर, कात्तिक ३
पशुपतिनाथको सेरोफेरोमा रहेको वनकाली मन्दीरमा आज विशेष चहलपहल रहेको छ । अन्तराष्ट्रिय विराट विश्व हिन्दु महासम्लेनमा पुर्व राजा ज्ञानेन्द्रले पहिलो चोटि सार्वजनिक सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा पुर्व राजा ज्ञानेन्द्रले देशको परिस्थितिलाइ बझेर आफुले जनताको मागलाइ सहयोग गरेर दरबार छाडेको हो ।यो जनतालाइ गरेको सहयोगलाइ कमजोरी ठाने विद्रोह गर्ने चेतावनी दिए ।
आज वनकालीमा विराट विश्व महासम्मेलनमा बोल्ने क्रममा नेपाललाइ हिन्दु राज्यबाट किन धर्मनिरपेक्षता बनाइयो भनि प्रति प्रश्न गर्नु भएको थियो । विशेष परिस्थिलाइ बुझेर देशको अवस्थालाइ सवेदनशिल अवस्थाबाट बचाउनको लागि नारायणहिट छोडेका तर परिस्थिती त्यतिबेलाको भन्दा पनि बढि नाजुक किन ? भनेर धेरै प्रश्न गर्ने बेला आएको पुर्व राजाले बताए ।
दुई विशाल मुलुकको विचमा रहेको नेपालले सनातन हिन्दु धर्मल पुल काम गरेको र अहिले नेपालका दलहरुले सबै कुरा विगारेकोले पनि नेपालमा हिन्दु धर्मलाइ फेरि राष्ट्रको धर्मको रुपमा लानु पर्ने बताउनु भयो ।हर कुराको समय हुन्छ समयमा नै सोचेको राम्रो समय सिद्धिसकेपछि पछुताउनु भन्दा अझै केहि समय रहेको जानकारी पुर्व राजा ज्ञानेन्द्रले चेतावनी शैलीमा दिनु भएको हो । सभामा सम्बोधन गर्ने अधिकांसले राजालाई खुशि पार्न अनेक किसिमका शब्द प्रयोग गरेको थिए ।