काठमाण्डौँ,कात्तिक, ४

चीनको उद्योग वाणिज्य प्रशासन हेर्ने मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ इच्छुक रहेको बताएका छन् ।

यसका लागि लगानी संरक्षणको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ । नेपालको विकास निर्माणमा चीन पर्याप्त सहयोग गर्न तयार रहेको उनले बताए ।

उद्योगमन्त्री नवीन्द्रराज जोसीसँग भएको भेटवार्तामा मन्त्री माओले चीनले गरेको आर्थिक उन्नतिबाट नेपालले प्रशस्तै फाइदा लिन सक्ने बताएको छ ।

औदोगिक क्षेत्रमा चीलने हासिल गरेको विज्ञतालाई नेपालले उपयोग गर्न सक्ने उनको भनाइ छ ।

द्विपइाीय भेटवार्तामा नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भभएको थियो   ।( आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ )

Please share us on:

तपाईको प्रतिक्रिया