खबर कर्नर
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार व्यवस्थापिका संसदलाइ सम्बोधन गरेका छन् । भारत भ्रमणको विषयलाइ लिएर विपक्षीले संसदमा प्रधानमन्त्रीले जफाव दिनु पर्ने माग गरिरहेको बेला व्यवस्थापिका संसदलाइ आज प्रधामन्त्रीले सम्बोधन गरेको हो ।
भ्रमणको क्रममा देशलाइ हानी हुने कुनै पनि क्रियाकलाप नगरेको र दूई छिमेकीको राष्ट्रप्रमुखसँगको भेट संयोग मात्र भएको र योजना बनाएर यस्तो भेट सम्भव नभएको कुरा प्रधानमन्त्रीले बुधबारको व्यवस्थापिका संसदलाइ बताउनुभयो ।
व्रिक्स सम्मेलनमा आफुले चिनका राष्ट्रपतिलाइ नेपाल भ्रमणको निम्तो दिएको र यसै वर्ष नेपालमा स्वागत गर्न आत्तुर रहेको बताएको तर सिको जफावमा यो वर्ष नभए पनि नेपाल आउने जानकारी दिएको कुरा संसदमा बताउनु भयो । असोजमा राष्ट्रपति सिको भ्रमण हुन्छ भनेर हल्ला भए पनि चिनिय पक्षले तयारी कम भएको भन्दै भ्रमण गर्न मानेको छैन् ।