काठमाण्डौँ असोज २०

नेपाल–भारत प्रबद्ध समूह (इपिजी)मा सन १९५०को सन्धि पुनरवलोकन गर्ने समझदारी जुटेको छ ।

भारतको नयाँदिल्लीमा मंलबारबाट दुई दिन चलेको समूहको दोस्रो बैठकमा नेपालले सन १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन प्रस्ताव राखेकोमा भारतीय पक्ष सकरात्मक भएको हो । उक्त सन्धिका विषयमा आगामी बैठकमा विस्तृत छलफल गर्ने समझदारी दुई देशबीच भएको छ ।

प्रबुद्ध समूहका कार्यकारी निर्देशक यादब खानलले सन १९५० को सन्धिसहितका अन्य विषयमा छलफल सकरात्मक रुपमा अघि बढेको जानकारी दिए ।

‘सन १९५०को सन्धि समयअनुकुल बनाउन दुवै पक्ष सकरात्मक देएिका छन्’ दिल्लीमा रहेको खनालले टेलिफोनमा भने, ‘आगामी बैठकमा यसबारे सघन छलफल हुनेछ ।’ सबै छलफल प्रारम्भिक चरणमै रहेको उनले खुलाए । आजको नागरिक दैनिकमा खबर छ ।

Please share us on:

तपाईको प्रतिक्रिया