काठमाडौं,असोज १९
ललितपुर १५ का रवीन्द्र श्रेष्ठ नक्साको काम लिएर ललितपुर उपमहानगरपालिका जाँदा त्यहाँका कर्मचारीले उनलाई तपाईँको काम अहिले हुन्न, अब दसैंपछि भनेर फर्काइदिए ।
काठमाडौं,असोज १९
‘एक दुई दिन भित्र हुने काम पनि दसैं पछि आउनू भनेर फर्काइदिन्छन्,’ उनले भने, ‘दसैं आउनुभन्दा हप्तादिन अघिदेखि कामै हुन छाडेको छ ।’
दसैंमा काम नभएको गुनासो गर्ने रवीन्द्र एक्ला होइनन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सोमबार भेटिएका नविन गिरीले कर्मचारीहरू कार्यलयमा नभएर काम नै नभएको बताए । ‘खोइ कार्यालयमा कर्मचारीहरू नै छैनन्, घन्टौं कुरेर पनि कार्यालयमा कर्मचारी नै भेटिएनन्,’ उनले भने ।
यस्तो गुनासो विशेष गरी स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयतिर बढी रहेको पाइन्छ ।
दसैं आउन एक सातादेखि नै सरकारी कार्यालयमा कर्मचारीहरु नभेटिएकाले काममा सास्ती पाइरहेका छन् । आजको (नेपाल समाचारपत्र दैनिकमा खबर छ )