खबर कर्नर, असोज १७
जामका कारण कंलकी नागढुङगा सडक खण्डमा पार गर्न गर्नलाइ लगभग ३ घण्टा लाग्ने गरेको छ । नेपालीहरुको महान चाड दशैँ सुरु त्भएसगै काठमाण्डौँबाट बाहिरिने संख्या दिनानु दिन बढ्दै गइरहेको छ । एक अध्यनले काठमाण्डौँबाट यो दशैमा मात्तै करिब ३० लाख मानिसहरुले काठमाण्डौँ छाड्छन् । अनि यो समयमा एकै चोटि यति धेरै मानिसहरु बाहिरिदा सडकमा जाम लाग्ने नै भयो । कंलकीबाट छुटेको सवारी साधनले नरोकिकन थानकोट निस्कन लाइ माहाभारत पर्छ ।
राजधानीको मुल गेट पहिले पनि दैनिक हजारौले यात्रा गर्ने बाटो त्यहामाथि अहिले त दशैँको बेला चाप हुने नै भयो । तर बाटोको हालत र ट्राफिक व्यवस्थापन गतिलो नहुदा यात्रुहरुले सास्ती पाइरहेका छन् । सरकार ठेकेदार स्थानिय अवरोधका कारण पनि कलकी नागढुङगा सडक खण्ड नराम्रो गरि विग्र्रिएको छ । खाल्ठा खुल्टी सडक त्यहामाथि सवारीको चाप ।
मनलाग्दी सवारी चलाउने नेपाली चालक साना ठुला सवारी साधनले बाटोमा पैदल यात्रुलाइ समेत हिड्न गाह्रो परिरहेको छ । त्यहामाथि प्रहरी र माइती नेपालको सुरक्षा चेकले गर्दा लामो जाम लाग्ने गरेको । त्यस कारण आम यात्रुहरुलाइ आफुलाइ चाहिने सामान जोहो गरेर र यात्रा भर चनाखो भएर यात्रा गर्न सरोकारहरुले सुझाएका छन् ।