खबर कर्नर, आश्नि,१६
विगतमा राजनैतिक भर्ति केन्द्र र चरम लापारबाहिका कारण लामो समय बन्द रहेको साझा यातायात २०७० वैशाखबाट सञ्चालनमा आएको हो । साझाले काठमाण्डौँ उपत्यकामा यात्रुको मन जितिसकेचको छ । यहि क्रमलाइ मध्य नजर गर्दै नया रुट थप्ने क्रममा पनि साझा रहेको छ । दशै अगाडी नै साझाले काठमाण्डौँ उपत्यकाको विभिन्न ठाउहरुबाट साझा यातायातको सेवा यात्रुमानुभावहरुले लिन पाउनुहुनेछ ।
यहि क्रमलाइ विस्तार गरि साझाले आइतबारबाट आफनो सेवालाइ उपत्यका बाहिर पनि सञ्चालन गरेको छ । गोरखा र वाग्लुङको लागि आइतबारबाट नै सेवा सुरु गरेको छ ।
केहि वर्ष पहिले सञ्चालनमा आएर बन्द भएको साझा २०७० वैशाखबाट १६ वटा बसबाट पुन सेवा सुचारु गरेको थियो । यो ३ वर्षको अन्तरालमा साझाले निकै फड्को मारिसकेको छ । साझाले भर्खरै मात्र अत्याधुनिक ३० वटा बस थपेको छ । बस थपेसँगै दशैको अवसरमा यात्रुहरुको चापलाइ मध्यनजर गर्दै काठमाण्डौँ बाहिर पनि सेवा सुचारु गरेको हो ।
आइतबार विहान बाग्लुङ र गोरखाको लागि ७९ यात्रु बोकेर बसहरु आफनो गन्तव्य तिर लागेका हुन् । गोरखा बाग्लुङ बाहेक पनि साझाले केहि कागजी प्रक्रिया पु¥याएर विरगंज पनि सेवा सुरु गर्ने साझाले जनाएको छ ।