खबर कर्नर, आश्नि १६
खाद्य संस्थानले आईतबार २ बजेबाट खाशिबोका र भेडा च्याङग्राको बिक्रि सुरु गर्ने भएको छ । संस्थानको कार्यलय थापाथलीबाबाट दशैँको लागि आवश्यक खशीबोका तथा भेडा च्याङग्रा बिक्रि वितरण गर्न लागिएको खाद्यसंस्थानको एक कर्मचारीले बताए ।
संस्थानमा खशी बोका देशका विभिन्न भागबाट ल्याउने क्रम जारि रहेको र केहि खशिबोका संस्थानमा आइपुगिसकेकोले आइतबारबाट विक्रि गर्न लागिएको ति कर्मचारीले बताए । विभिन्न हिमाली जिल्लाबाट भेडा च्याङग्रा १५०० सय त्यति नै मात्रामा खशिबोका विक्रि गर्ने लक्ष्य रहेको छ ।
सस्ंथानले २५ केजि भन्दा तलका खशि चार सय चालिस त्यसभन्दा माथि चार सय पचास खशिबोकाको लागि र तथा भेडा च्याङग्राको लागि छ सय पचास प्रतिकेजि तोकिएको छ ।