असोज १४,
भारतको गुवाटिको नेहरु रङशालामा आज भएको ६४ औं बोर्डोलोइ ट्रोफीको फाइनल खेलमा इस्ट बेङाललाई हराउदै थ्रीस्टार क्लबले उपाधी जितेको छ । निकै नै रोमान्चक खेलमा दोश्रो हाफमा इस्ट बेङालले ८२ औं मिनटमा अग्राता लिए पनि थ्रीस्टारको तर्फबाट देवेन्द्र तामाङ्ले ९३ औं मिनटमा बराबरी गोल गरे भने बिमल घर्ती मगरले अर्को १०० औं मिनटमा एक गोल थपेर थ्री स्टारलाई २-१ ले जित दिलाए ।
८ टिम सम्मिलित यस प्रतियोगितामा भारतको ६, नेपालको १ र बाङ्गलादेशको १ टिमले सहभागिता जनाएको थियो । यस सँगै थ्रीस्टारले १६ लाख रुपैया नगद पनि जितेको छ ।