काठमाण्डौ, असोज ११
विभिन्न दृष्टिकोणबाट हेर्ने हो भने तत्कालिन एमालेको महासचिव मदन मण्डारी र हाल पुर्व गृहमन्त्री माधव घिमिरेको गाडि दुर्घटना उस्तै उस्तै किसिमको रहेको पाइन्छ।
दुबै जना त्रिसुलीमा खसेको हुन भने दुबैको चालकमात्र बाचेको छन् । सरकार बेपत्ताको खोजि कार्यमा लागेको देखाएर घटनाको कारण लुकाउन चाहन्छ कि खोज्न चाहदैन् । दुबै घटना गम्भिर प्रकारको रहेको छ । उत्तिकै रहस्यमय पनि बन्दै गइरहेको छ । चितवन जिल्लाको दास ढुङगा र दाह्रे चोक दुबै त्रिशुलीको किनार हुन् ।
कति मानिस र सवारी साधन बेपत्ता भएको त्रिशुलीमा यि दुइ घटना अलि फरक किसिमको घटना हुन् । जस्लाइ शंकाको नजरले हेर्न बाध्य छन् । नेपाली जनताले यस्लाइ विश्वस नै गरेको छैन् कि यो दुर्घटना हो । होइन भने किन पछाडि बसेको ड्राइभर बाच्ने सँगै बसेको अन्य मानिसहरुको मृत्यु हुने मानिसहरुले यसलाइ सहज ढंगले लिन सकेका छैन्न ।
घटनाको प्रकृति पनि लगलभग मिल्दो जुल्दो छ । पुर्व गृहमन्त्री आफैले गाडि हाकेको भन्ने चालकको भनाइ कत्तिको सत्य छ ? भलै चालक अहिले हस्पिटलमा उपचार गराइरहेका छन् । उनको परिवारमा पिडा होला यसले आम मानिसलाई पोलेको छ तर घटनाको प्रकृति किन रहस्यमय बन्दै गईरहेको छ । जसरी मदन मण्डारीको गाडि दुर्घटना भएर चालक बाचे त्यस्तै प्रकृतिको घटना पुर्व गृह मन्त्री माधव घिमिरेको पनि रहेको छ।
मदन भण्डारीको दुर्घटना हो या हत्या अहिलेसम्म केहि टुङगो लागेको छैन् । यहि प्रकृतिको घटना हुनाले माधव घिमिरेको नि घटना सहस्यमय बनेको छ । घटनाको छानीबिन हुन जरुरी छ । विस्तारै आम मानिसमा दुर्घटना हो या अन्य केहि भन्ने दुविधाले बास जमाइरहेको छ । यो दुविधाको बास सरकारले चिर्छ कि चिर्दैन हेर्न बाकी छ श्र