खबर कर्नर, काठमाण्डौ,असोज १०
मस्याङदीको ५० मेगावट मध्ये २५ मेगावट आजएबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएके छ । चितको कोइ समुहको १० प्रतिशत र बाकीँ ९० प्रतिशत शेयर चिनिय कम्पनी सिनो हाइड्रो रहेको छ ।
२०६९ बाट निर्मार्ण कार्य सुरु गरेको कम्पनीले बाकी २५ मेगावट पनि एक महिनाभित्र नै उत्पादन गरेर पुरा ५० मेगावट विजुली राष्टिय प्रशारण लाइनमा जोड्ने लक्ष्य राखेको छ । आज काठमाण्डौमा उर्जामन्त्री जनार्दन शर्माले एक कार्यक्रम विच विद्युत उत्पाद भएको उट्घाटन गर्नेछन्।
यो सँगै नपालको आन्तरिका उत्पादन क्षमता ८ सय मेगावट पूग्नेछ भने निजिको हिस्सा ३७५ मेगावट पुग्ने छ । जलविद्युतमा निजि क्षेत्रको लगानी बढ्दै गइरहेको छ । स्थानिय मुआब्जा विवाद र राष्टिय प्रसारण लाइनमा सरकारले सहयोग गरिदिने हो भने नेपालमा चाडै नै लोडसेडिङको अन्त्य हुने थियो ।