असोज ९,
६४ औं बोर्दोलोइ ट्रोफी २०१६ मा आज भएको समुह चरणको अन्तिम खेलमा सिल्लोङ लोजोङ सँग १-१ गोलको बराबरी खेल खेले पछी थ्रीस्टार क्लब ५ अंकको साथ सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा २७ औं मिनटमा १ गोलले पछी परेको थ्रीस्टार को लागी बिमल घर्ती मगरले ३४ औं मिनटमा पाएको पेनाल्टिलाई गोलमा परिवर्तन गर्न सकेनन् । तर दोश्रो हाफको ६१ औं मिनटमा निराजन खड्काले बराबरी गोल गरे पछी थ्री स्टारको लागी सेमिफाइनलको ढोका खोलेको हो ।
थ्री स्टार सँगै सिल्लोङ लोजोङ पनि सेमिफाइनल प्रवेश गरेको छ ।