खबर कर्नर, भदौ, २१
नया शत्तिका नेपालको संयोजक बाबुरामा भट्टराई भदौ ३० गते दक्षिण कोरियाको भ्रमणमा जानेहुनु भएको छ । अन्राष्ट्रिय नेपाली समाजले बृहत अन्तरक्रिय तथा पहिलो भाव भेला गर्न लागेको हुदा उक्त कार्यक्रममा भाग लिनको लागि कोरिया भ्रमणमा जान लाग्नु भएको हो । नया शत्ति नेपालको अन्य मुलुकमा भन्दा दक्षिण कोरियमा संगठन बलियो रहेको मानिन्छ । प्रवासी नेपालीहरुलाइ नया शत्तिको बारेमा राजनैतिक प्रशिक्षण दिनको लागि कोरियमा रहेको अन्तराष्ट्रिय नेपाली समाजले ८५ प्रतिशत तयारि पुरा गरिसकेको बलराम पुनले जानकारी दिए । बलराम पुन कोरियमा रहेको अन्तराष्ट्रिय नेपालीे समाजको पुर्व संयोजक हुन भने हाल केन्द्रिय परिषदका सदस्य हुन् । उनको पहल र हाल संयोजक रहेको हेमन्त पुनको क्रियाशिलतामा कार्यक्रम हुन लागेका हो ।

 

बाबुरामले एक वर्ष अगाडि सविधान घोषण भइसकेपछि प्रचण्ड नेतृत्वमा रहेको तत्कालिन एकिकृत माओबादीसँग सम्बन्ध विच्छेदको नाममा पार्टी फुटाएका थिए । हाल उनी सगंठन विस्तारमाक्रममा देश तथा विदेश दौडाहमा रहेका पाइन्छ । यहि प्रक्रियाको एक पाटो हो कोरियाको भ्रमण । आर्थिक क्रान्ती भन्ने मुल नाराका साथ गठन गरिएको नया शत्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराइको कोरिया भ्रमण नया पार्टीको तर्फबाट पहिलो भ्रमण हो ।

Please share us on:

तपाईको प्रतिक्रिया