यसपालीको प्रेम दिवस अन्टीसँग मनाउने हो । आरपी (नाम परिवर्तन) उनी भर्खर व्याचलर पढदै छन् । सामाखुशीको एक जना अन्टीसँग प्रेम बसेको एक बर्ष हुन लागिसक्यो । यसपालीको प्रेम दिवसको दिन उनै आन्टीको रोजाइमा पर्ने ठाउ इलाम घुम्न जान लागेका हुन् ।

आन्टीको श्रीमान विदेशको गएको नि धेरै भइसेको रहेछ । कोठा खोज्दै जादा उनको घरमा कोठा खाली रहेछ । बसेको ५ महिनापछि बल्ल अन्टीसँग अफेयर चलेको हो । अन्टी ३४ वर्षको भइन् रे कुरै कुराको सिलसिलामा उनले भने म त भर्खर २२ वर्ष लागे । पैसा पनि पाइने सबै थोक पाइने भएपछि म अन्टीको पछि लागेको हुँ । तर हाम्रो बिहे गर्ने योजना चाहि छैन् ।

जोरपाटी बस्ने सिपी ( नाम परिवर्तन) उनको प्रेम फरक खालको रहेको छ । एक ४० वर्षको आन्टीसँग माया प्रेम बसेको पनि ७ वर्ष भइसकेको रहेछ । उनको उमेर भर्खर २७ लाग्दै छ । अन्टीले बिहे नगर्न दबाब दिइरहेका आफुलाई घरमा बिहे गर्नको लागि दबाब आइरहेको कारण तनाव परेको बताए । घरमा केटि खोजेर ठिक पारेका छन् रे बिहे गर्नको लागि तर यता ती अन्टीले सबै कुरो पाएपछि किन बिहे गर्न पर्छ र ? भनेर गाली गर्छिन । हुन पनि हो । जग्गा किनिदे कि छे मोटरसाइकल किनिदेकी छे सबैथोक पाए कै छु । फेरी एकछिन सोचर भन्छन् यस्तो कुरा घरमा थाहा पाए भने निकालबास हुन्छ ।

भक्तपुर बस्ने अर्का एक युवकको कथा भने फरक रहेको छ । सधै कलेज आउदा जादा एक जना ३०÷३२ वर्षका अन्टीले हेरिरहन्थिन । एक दिन उनले मुख खोलेर बोलाइन । कुन कलेज पढ्ने हो । यहाँ बस्ने को को हो । कतिमा पढ्ने हो । म १२ कक्षामा पढ्दै थिए सबै कुरा बताए पछि उनी खान बनाउन मलाई सहयोग गर्ने बाहानमा मेरोमा आउन थालिन । उनी एक धनढ्या घर कि बुहारी हुन । तर उनको श्रीमान कार दुर्घटनामा बितेको कारण घर मा नै थन्किएर बसेकी छिन । यस पालीको प्रेम दिवसको दिनमा उनको मेरो पहिलो चोटि घुम्न जाने योजना रहेको छ । पैसा जति सबै उनले खर्च गर्छिन ।

यो त केहि प्रतिनिधि पात्र मात्र हुन् । यसले तत्कालिनरुपमा फाइदा पुगेको जस्तो देखिए पनि कलान्तरमा समस्या सृजना हुन सक्छ । यस्तो कार्यमा लागेका मानिसहरुले सहि व्यवस्थापन गर्न सके त गुमनाम रहिएला तर यो समस्या समाधान गर्न नसकेर बाहिरी समाजमा आयो भने चाहि यसले एक विकाराल रुप लिनेछ ।

राजधानी लगायत देशका थुप्रै ठाउहरुमा माथिका उदाहरणहरु बढ्दौ किसिमको रहेको छ । यस्ता घटनाले काठमाडौँ लगायत ठुला शहरहरुमा खासै फरक नपर्ला । तर यहि घटना क्रम गाउँ पस्यो भने के होला । गाउँका अधिकांश मानिस विभिन्न देशमा मजदुरीका लागि गएका छन् । यहि प्रवृतिले कतिको घर नि बिग्रेको छ । महिला पुरुष दुबै यसमा संलग्न रहेका छन् । बुढाहरुले तरुनी ताक्ने र बुढीहरुले तन्नेरी ताक्ने खेलको विकाश भएको छ । अहिले प्रेम दिवस यस्तै प्रक्रिया हुने माथिका घटनाले देखाएको छ ।

पसंस्कृतलाई ग्रहरण गर्दा नेपाली वातावरणमा ढालेर गर्न सके राम्रो हुने थियो कि ?

Please share us on:

तपाईको प्रतिक्रिया