काठमाडौँ,
सरकारले गरिब तथा विपन्नको लागि थप चार रोगको निशुल्क उपचार गर्ने जनाएको छ । त्यस्तै सरकारले अहिलेसम्म विपन्नको लागि १ लाख उपचार खर्चलाई बढाएर ५ लाख पु¥याउन पनि प्रस्ताव गरेको छ । सरकारले यसभन्दा अघि ८ वटा ठुला रोगहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको थियो ।
अब निशुलक उपचार लागि अर्थ मन्त्रालयमा सिपारिस गरिएका रोगहरु कलेजो,अप्लाष्टिक,एनिमिया,थालेसिया र मस्तिष्क घात रहेको छ । स्वस्थ्य मन्त्रालयबाट अर्थ मन्त्रालाई सिफारिस गरिएको छ । अर्थ मन्त्रालयबाट स्विकृत आउने वित्तिकै माथि उल्लेखित रोगहरुको गरिब तथा विपन्न वर्गको लागि निशुुल्क उपचार हुने जानकारी स्वस्थ्य मन्त्रालयले दिएको छ ।
फाल्गु १ देखि गरिब तथा विपन्न वर्गको लागि मुटुको भल्भ फेर्ने तथा शल्यक्रिय गर्न पनि निशुल्क हुने स्वस्थ्य मन्त्री गगन थापाले बताएका छन् ।